मोरङ, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन्। आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै कुरा मिलिसकेको बताए ।
असन्तुष्ट समूहसँग कुरा मिलिसकेको भन्दै देउवाले तोकिएकै समयमा पार्टीको सबै तहको निर्वाचन हुने बताए। कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले असन्तुष्ट पक्षका नेताहरु पौडेल र सिटौला समूहको उपस्थितिबिना ०७७ फागुन ७ गतेदेखि १० गते १४ औं महाधिवेशन गर्ने निर्णय बहुमतले गरेको थियो। बहुमतको निर्णय अनुसार कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको अधिवेशन ०७७ मंसिर ९ गतेबाट सुरु हुनेछ।



लाेकपाटी न्यूज

