पिता किन पूज्य छन् ?

father_son
लाेकपाटी न्यूज

काठमाडौं। पिता, जसलाई बुबा भने भो। पापा भने भो। ड्याडी भने भो। आखिर जे नामले पुकारे पनि सन्तानको सुरक्षा कवच हुन्, उनी।

पिता एक छत हो, जसको आश्रयमा सन्तान हुर्कन्छन्। पिता सन्तानको पालन पोषण र संरक्षणका पर्याय पनि हुन्। सन्तानका आवश्यक्ताहरु पुरा गरिदिने माध्याम हुन्। पिता शिशुका लागि उल्लास हुन्। किशोर एवं जवानका लागि सर्वोत्तम प्रेरक एवं पथप्रदर्शक हुन्।

वयस्क र प्रौढका लागि अनन्त आशीर्वाद हुन्। पिताको उपस्थितीले सन्तानलाई अदृश्य संकटबाट मात्र बचाउँदैन, एक अपूर्व सुरक्षा पनि बोध गराउँछ।

पिता एक प्रेरणा

सौभाग्यशाली हुन् उनी, जसले पिताको कृपा-धाराको अमृतपान गरे। र, धन्य छ उनको जीवन जसले पिताको सेवा एवं आज्ञा पालन गरिरहेका छन्। पिता देह मात्र होइनन्, उनी प्रेरणा हुन्। भाव हुन्। जीवनको उजाड मरुभूमिमा पिताको उपस्थिती आफैमा शीतल बगैंचामा रुपान्तरण हुनपुग्छ।

पिताको महत्व यति धेरै छ कि, सन्तानले त्यसलाई बोध गर्न सक्नुपर्छ। पिता, जसले सन्तानको सुख र कल्याणका लागि हर-संभव प्रयास गर्छन्। आफ्नो प्राणलाई बाजीमा राखेर सन्तानको खातिर जस्तोसुकै खतरासँग खेल्छन्।

सन्तानका खातिर

एउटा कथा यस्तो छ। मुगल सम्राट बबबरले इश्वरसँग आफ्नो व्यधिग्रस्त-मरणासन्न पुत्र हुमायूंको जीवन रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने प्रार्थना गरेका थिए। ईश्वरले बाबरको प्रार्थना स्वीकार गरे। मृत्युशश्यमा पुगेका हुमायूं स्वस्थ भए। र स्वस्थ बाबर अल्प समयमै रुग्ण भएर बसे।

पुत्रका लागि यस्तो विधि पितृ-हृदयले नै गर्नसक्छ। त्यसैले पिता पूज्य छन्। धर्मशास्त्र-साहित्य र लोक जीवनमा समुचित संगतिका कारण समाजमा पितृ-सन्तान समबन्ध सधै सुमधुर रह्यो।

स्नेह र आशीषको पर्याय

पितृ-पद स्नेह र आशीषको पर्याय रह्यो। सन्तान आज्ञाकारिता तथा सेवा-भावका साधना रहे। संवेदना-समृद्ध पारिवरिक जीवनमा पद मर्यादा, स्नेह र आदरले यस प्रकारले अनुशासित रह्यौं कि व्यक्तिगत स्वतन्त्रता अथाव एकाकी निर्णयका विचार पनि अस्तित्वमा आएन।

दशरथको रुपमा पिताको आदर्श र राम, श्रवणकुमार, नचिकेता, भीष्म आदिको रुपमा आदर्श पुत्रको छवी समाजमा सधै अनुकरणीय रह्यो। खासगरी संयुक्त परिवारिक संरचनामा पिता एक संरक्षक, एक आदर्श र एक मार्गदर्शकको रुपमा पूज्य रहे। तर, अहिले आधुनिकताको नाममा एकल परिवार बढ्दैछ। र, पिताको स्थान पनि धरापमा पर्दैछ।

पिता किन बोझ ?

पितालाई आदर्श, मार्गदर्शक मान्ने भन्दा पनि बोझ मान्ने प्रवृत्ति भित्रभित्रै मौलाउन थाल्यो। बृद्ध, असाहय पिताको सम्पतिमा अधिकार जमाएर उनलाई वृद्धाश्रममा पठाउने क्रम बढ्यो।

सेवानिवृत्त पिताको धनसम्पति, पेन्सन आदिमा त सन्तानले आफ्नो हक खोज्यो तर, पिताप्रतिको आस्था, विश्वास, श्रद्धा भने खिइदै गयो। पितालाई उचित सम्मान गर्ने, सरसल्लाह लिने, उचित रेखदेख गर्ने, उपचार गर्ने, औषधी पानी दिने कुरामा सन्तानहरु टाढिदै गए।