सुनवल सामुदायिक सिकाई केन्द्रद्धारा प्रभातफेरि

parbat feri
लाेकपाटी न्यूज

रमेश भुसाल, पश्चिम नवलपरासी, १ माघ। सुनवल सामुदायिक सिकाई केन्द्र सुनवल नवलपरासीले राष्ट्रिय योग दिवसको अवसरमा प्रभातफेरी गरेको छ। सुनवल सिकाई केन्द्रको भवनदेखि सुरु भएको प्रभातफेरि सुनवल चौराहामा पुगेर पुनः सिकाई केन्द्रमा आई समापन भएको थियो।

प्रभातफेरिलाई सम्बोधान गर्दै सुनवल नगरपालिकाका नगर उपप्रमूख ददिराम अर्यालले स्वस्थ हुनका लागि योग महत्वपूर्ण रहेको भन्दै योगअभ्यासलाई सबैले निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रमा योग तथा खेलकुद समिति रुपन्देहीका अध्यक्ष खेमराज पन्थ, सुनवल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेल, योग गुरु हरिप्रसाद पोखरेल, रुपन्देहीका योग गुरु शोभा घिमिरे, सचिव कृण्णवहादुर के.सी, स्थानीय वुद्धिजिवि समाजसेवी लगायतको सुनवल सामुदायिक सिकाई केन्द्र अन्तर्गत जिवनयोग विज्ञान प्रयोगशालाका गुरु एवं सहभागिहरु उपस्थिति रहेको थियो। कार्यक्रम सुनवल सामुदायिक सिकाई केन्द्र जिवनयोग विज्ञान प्रयोगशालाका अध्यक्ष भविश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्