संसद भवन भत्कार विदेशी पाहुना गृह बनाउन निर्देशन

samsadiye samiti pic
लाेकपाटी न्यूज

काठमाडौं, २९ पुस। संसद भवन भत्काएर स्टेट हाउस बनाउन संसदीय समितिले निर्देशन दिएको छ।भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन संसदीय समितिले निर्देशन दिएको हो।

आज बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस (विदेशी पाहुना गृह) बनाउन निर्देशन दिएको छ। समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्काने गरी नयाँ भवन बनाउन निर्देशन दिइन्।

सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो। समितिको निर्देशनसँगै ४ वर्षदेखि रेट्रोफिटिङ गर्ने कि भत्काएर नयाँ बनाउने भन्नेमा देखिएको अन्योल हटेको छ। अन्योलताकै कारण सिंहदरबारभित्र रहेको सो भवन प्लाष्टिकले बारेर खण्डहर अवस्थामा रहेको थियो।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले प्राविधिकले भवन माटो र इट्टाले बनेकाले रेट्रोफिटिङ गर्नु ठीक नहुने रिपोर्ट प्राविधिकहरुले दिएको समितिमा जनाकारी गराएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्