प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

pradesh sava 2
लाेकपाटी न्यूज

जनकपुरधाम, २८ पुस । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो अब अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश नम्बर २ को बैठक लामो समयदेखि बस्न सकेको छैन। गत आर्थिक वर्षमा सन्चाति योजनाहरुको भुक्तानी दिनुपर्ने माग गर्दै दुई दिन संसद अवरुद्ध गरिएपछि १७ गतेका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित भएको थियो। त्यसपछि २४ गते बस्ने भनिएकोमा उक्त दिन पनि स्थगित गर्दै २८ गते सोमबारका लागि निर्धारण गरिएको थियो।

तर सोमबार पनि बैठक बस्न सकेन। र, अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रदेशसभा सचिवालयले जारी गरेको छ। प्रदेशसभाको बैठक अन्यौल भएसँगै प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ भने दर्ता गरिएका विधेयक उपरको छलफल समेत सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्