काठमाडौं। प्रदेश ३ को नाम बागमती घोषित भएको छ। आइतबार बिहान बसेको प्रदेश सभाको बैठकले प्रदेश ३ को नाम बागमती घोषणा गरेको हो।
प्रदेश सभाको बैठकमा उपस्थित १०८ सांसदले प्रदेश ३ को राजधानी बागमती राख्ने पक्षमा मतदान गरेका थिए। मतदान सकिएसँगै प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदश ३ को नाम बागमती र राजधानी हेटौंडा घोषणा गरेका छन्।
प्रदेशसभा सुरु भएको दुई वर्षपछि सत्तारुढ नेकपाको सचिवालयको कडा निर्देशनपछि प्रदेशसभाले हेटौंडालाई स्थायी राजधानी बनाउने निर्णय लिएको हो।
प्रदेश ३ का १०५ जना सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडालाई राजधानी र नाम बागमती राख्न गरेको प्रस्तावको पक्षमा मतदान गरेका छन्। ३ जना सदस्यले हेटौडाको विपक्षमा मतदान गरेका छन्।
प्रदेशसभाका ११० जना सदस्यमध्ये १०८ जना मतदानमा उपस्थित थिए। बैठकमा धुलिखेललाई प्रदेश राजधानी बनाउन गरेको प्रस्तावको पक्षमा जम्मा ३ मत मात्र परेको छ। विपक्षमा १०१ मत परेपछि धुलिखेलाई राजधानी बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।



लाेकपाटी न्यूज

