पृथ्वीनारायण शाह स्मरणयोग्य राजा हुन् : प्रधानमन्त्री

PM_KP_Oli
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गरेका छन्। उनले नेपाल राज्यको एकीकरणमा पूर्खाहरुको नेतृत्व पृथ्वीनारायण शाहले गरेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले लेखेका छन्, ‘नेपाल राज्यको एकीकरणमा हाम्रा पूर्खाहरूको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।’

प्रधानमन्त्री ओलीले यही अवसरमा अभिवृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजुट भएर अगाडि बढ्न पनि आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नेपाल राष्ट्रको यस अभिवृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजुट भएर अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्