काठमाडौं, २६ पुस। उपसभामूख शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधिसभा बैठक आफैंले सञ्चालन गर्ने बताएकी छिन्। नेकपा सचिवालयले राजीनामा गर्न निर्देशन दिएपनि उपसभामूख शिवमाया तुम्बाहाङ्फेले आइतबार बस्ने प्रतिनिधिसभा बैठक आफैंले सञ्चालन गर्ने बताएकी हुन्।
उनले सभामूख निर्वाचन प्रक्रिया अगाडि बढाउनेसमेत बताइन्। शनिबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपसभामूख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिए पनि तुम्बाहाङफेले निर्णयबारे आफूलाई थाहा नभएको भन्दै राजीनामा नदिने बताएकी हुन्।
नेताहरुसँग आफ्नो कुरा भन्न बाँकी रहेकोभन्दै उपसभामूख तुम्बाहाङ्फेले राजीनामा नदिने बताइन्। सभामूखको टुंगो नलाग्दा पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनको बैठक फेरि बस्न सकेको छैन। पुस ११ र १६ गते प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो। अर्को बैठक आइतबार बस्दैछ। नेकपाले शिवमायालाई राजीनामा गराएर सभामूखको टुंगो लगाउने तयारी गरेको छ।



लाेकपाटी न्यूज

