नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्नेछ : श्रममन्त्री यादव

rameshwar ray yadav
लाेकपाटी न्यूज

काठमाडौं, २४ पुस। नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम ,रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन्। श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनको सहितको उच्च स्तरिय टोलीसँगको भेटमा श्रममन्त्री यादवले स्पेनसँग सहकाय गर्न आफूहरु आतुर रहेको बताउदै स्पेनसँग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तव्य बन्ने विश्वास व्यक्त गरे।

नेपाली श्रमिकलाई स्पेन पठाउन नेपाल सरकार श्रम सम्झौता गर्न चाहेको उल्लेख गर्दै मन्त्री यादवले यस उच्च स्तरीय टोलीमार्फत् नै मन्त्रीलाई नेपाल आउन आमन्त्रणसमेत गरे। पर्यटन वर्ष २०२० को शुरुवातसँगै स्पनेको एक्स्ट्रिमुरा सरकारका पर्यटन मन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्च स्तरीय टोलीसँगको भेटघाट कार्यक्रम नेपालमा उच्च स्तरीय टोलीलाई स्वागत गर्दै मन्त्री यादवले नेपाल र स्पेनको सम्बन्ध बिगत ५ दशकदेखि रहेको बताउदै उनले नेपाल भ्रमण वर्ष २०२० को शुरुवातसँगै आएको मन्त्रीसहितको उच्च स्तरीय टोलीलाई नेपालप्रति सदभाव देखाई सहकार्य गर्न आएको प्रति हार्दिक आभारसमेत व्यक्त गरे।

श्रममन्त्री यादवले नेपाल र स्पेनमा धेरै समानता रहेको टिप्पणी गर्दै नेपाल कृषि प्रधान देश रहेको उल्लेख गर्दै नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउन सकिनेमा जोड दिँदै कृषि लगायत पर्यटन र हाइड्रो प्रोजेक्टमा निकै संभावना रहेको बताउदै सो क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरे।त्यसैगरी स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोले नेपाल सरकारले देखाएको सदभाव तथा आतिथ्यप्रति आभार प्रकट गर्दै आफूहरु पनि नेपाली श्रमिकको सुरक्षित गन्तव्य बनाउन सके नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे।

उनले नेपाल जस्तै स्पेन सरकार पनि नेपाली श्रमिकलाई स्पेन लैजान आतुर रहेको बताउदै निकट भविष्यमा नै स्पेनका श्रम मन्त्रीसहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिबद्धता व्यक्त गरे। उच्च स्तरीय टोलीमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डो, क्यासेरेस सिटी काउन्सिलका मेयर लुइस सायाला जुलियन, एक्स्ट्रेमादुरा सरकारको बाह्य मामिलाका महानिर्देशक रोजा बालास टोरेस, ऋभ्त्भ्ह् का उपाध्यक्ष मारिया डेल पिलर अकोस्टा, लुम्बिनी गार्डन फाउण्डेशनका अध्यक्ष जोसे मानुएल भिलानोवा तथा लुम्बिनी गार्डन फाउण्डेशनका सचिव एकराज गिरी रहेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्