मिटरब्याज मुद्दामा राजपा केन्द्रीय सदस्य यादव पक्राउ

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ परेका छन्। उनलाई बुधबार दिउँसो हरिपुर नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो।

यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाही बरहथवाका यादवलाई सार्वजनिक शान्तिविरूद्ध अपराध गरेको कसुरमा पक्राउ गरिएको सर्लाहीका डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए।

करिब सय जना पीडितले न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर गुनासो गरेका थिए। यादवको मिटरब्याज ऋणबाट सर्लाही आसपासमा करिब १५ सयजना पीडित छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्