इरान सरकारद्वारा अमेरिकी सेनालाई आतंकवादी घोषणा

iran-n-usa pic
लाेकपाटी न्यूज

इरान। अमेरिकी सेनालाई इरान सरकारले आतंकवादी घोषणा गरेको छ। इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको हो ।

हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरान-अमेरिकाबीच तनाव चुलिएको छ। इरानले अमेरिकासँग बदला लिने घोषणा समेत गरिसकेको छ।

इरानले आफ्ना मस्जिदमा रातो झण्डा फहराएर अमेरिकासँग युद्धको घोषणा गरिसकेको पनि अन्तर्रा्ष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।