काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सिड्नीमा आयोजित नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको बताएका छन्। उनले सामाजिक सञ्चाल मार्फत सो कुरा जानकारी गराएका हुन्।
केही सञ्चार माध्यममा मन्त्री भट्टराईको नेतृत्वमा सिड्नीमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष सम्बन्धी र्यालीलाई त्यहाँका सुरक्षा निकायले रोक लगाएको समाचार प्रशासित भएका थिए। तर मन्त्री भट्टराईले र्यालीलाई सुरक्षा निकायले रोक लगाएको कुरा गलत भएको बताए। उनले गलत समाचार सम्प्रेषण गरेर मित्र राष्ट्रसँगको सम्बन्धमा खेल्न खोजेको आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। मौन जुलुस मार्फत पर्यटन वर्षको प्रबर्द्धन पनि गरिएको थियो। भएको यही हो। काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !’
उनले त्यहाँका स्टेट सभामुख सहित अस्ट्रेलीयाका पक्ष, प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा कार्यक्रम भएको उल्लेख गरेका छन्। कार्यक्रममा उनीहरुले नेपाल भ्रमण वर्षको शुभकामना दिएको समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो। भएको यही हो। काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !’




लाेकपाटी न्यूज

