पुस २५ मा पाेखरामा तीन दलकाे संयुक्त अन्तरक्रिया

kalapani_map pic
लाेकपाटी न्यूज

काठमाडौं, २१ पुस । गण्डकी प्रदेशमा क्रियाशिल राजनीतिक दलहरूले प्रादेशिक स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, समाजवादी पार्टी र नेकपा(माले)को पुस २० गते बसेको बैठकले सीमा समस्या र लिम्पियाधुरा विषयक प्रादेशिक स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो।

यही पुस २५ गते पोखराको मुक्तिनाथ लेकाली होटेल,राष्ट्रबैंक चोकमा बिहान ११ः३० बजे कार्यक्रम गर्ने बताइएको छ। नेपालको कालापानी क्षेत्रलाई भारतको सीमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछि त्यसको नेपालमा विरोध भइरहेको छ।