काठमाडौं, २० पुस। त्रिभुवन विश्वविद्यालय परिसरभित्र निर्माण भई सञ्चालनमा रहेको प्रहरी चौकी हटाइने भएको छ।त्रिवि हाताबाट प्रहरी चौकी तत्कालै हटाउने नेपाल विद्यार्थी संघ र त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयबीच सहमति गरेका हुन्।
नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावल र निर्देशनालयका निर्देशक गंगाबहादुर थापा मगरबीच आइतबार भएको सहमतिपत्रमा प्रहरी चौकी त्रिवि हाताबाट तत्काल हटाउने उल्लेख गरिएको छ। सहमति पत्रमा स्ववियु निर्वाचन फागुनभित्र गर्नका लागि एक साताभित्र मिति तोक्ने र निर्वाचन कार्यतालिका एक महिना अघि सार्वजनिक गर्नुपर्ने बुँदा पनि समावेश गरिएको छ।
त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटालाई नेविसंघले समस्या समाधानका लागि १५ दिने अल्टिमेटम दिएपछि छलफल भएको थियो। त्रिविमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्ने पनि सहमति भएको छ। त्रिविमा कम्पाउण्ड वाल निर्माणमा बजेटको व्यवस्थापन गर्ने पनि बुँदा छ।



लाेकपाटी न्यूज
