प्रेमीको लागि बिरामी युवतिले गरिन् अस्पतालको बेडमै मेकअप

55555
लाेकपाटी न्यूज

एजेन्सी। यदि तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन्। तर, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा प्रेमी भेट्न आउने खबर सुनेर हतारहतार मेकअप गरेकी छन्।

उनले प्रेमीले मेकअप बिना नदेखुन् भनेर यसरी हतारहतार मेकअप गरेकी छन्। चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर उत्साहित भइन् कि उनले फेसबुकमा निकै खुसी हुँदै क्याप्सन लेखिन्, ‘मेरा प्रेमी मलाई भेट्न आउँदैछन् !’

प्रेमीले आफूलाई कमजोर नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नङमा पालिससमेत लगाइन्। रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको थियो तर यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना गरे।

उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने धेरैले बताएका छन्। उनको झुम्कामाथि पनि धेरैले प्रतिक्रिया दिँदै मानिसहरुले उनलाई बिरामीजस्तो नदेखिएको बताएका छन्। कतिले भने प्रेमीले चिन्ता लिने हुन् कि भनेर वाङ्मेयीले यस्तो गरेको हुनसक्ने बताउँदै उनको समर्थन पनि गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्