मन्त्रिपरिषद् बैठकका १४ निर्णय

pm office
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस। मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय आज सार्वजनिक गरिएको छ। आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

१४ गतेको बैठककले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको । उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको हो ।

यस्तै गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका ४ जना नागरिकलाई देश निकाला गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय भएको छ।

pm office

2