ललितपुरमा रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न

photo-2
लाेकपाटी न्यूज

काठमाडौं, १५ पुस। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको आयोजनामा १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स ललितपुरमा सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लालश्रेष्ठले उद्घाटन गरेका थिए।

सम्मेलनमा’युवामा लगानी’ विषयमा बृहत छलफल भएको छ। रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रमअन्तर्गत १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो। सम्मेलनलाई सफलपार्न रोट्रयाक्ट क्लबअफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त रूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।

नेपालभर १ सय २७ वटा रोट्रयाक्ट क्लब रहेका छ्न । जसमा ८२ वटा क्लबकन्फरेन्समा सहभागी रहेको डिष्टिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) स्नेहा शाक्यले बताईन । ’युवामालगानी’ (इन्भेष्टिंग इनयुथ) विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो। विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमाप्यानल डिस्कसनमा बोलाएर युवामा लगानीसँगै अन्य विषयमा छलफल गरिएको थियो।

विगतकावर्षहरुमा जस्तै यसपालिको सम्मेलनमा पनि युवाहरुलाई लक्षित गरेर युवासँग सम्बन्धित विषयमा छलफल भएको थियो ।युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भूमिकाको बारेमा जानकारी गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ । रोट्रयाक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा युवामा लगानीमा’विषयमा साझा पार्टिका संयोजक रविन्द्र मिश्रले आफ्नो जिवनी सहितपत्रकारिताको यात्रा देखि बिबिसि नेपाली सेवा र राजनीतियात्राबारे उनले बताएका थिए।

सम्मेलनमा प्यानलको थिम (वर्किंग टुगेदर कनेक्टींग द डट) मा समता फाउण्डेशन नेपालका कार्यकारी अध्यक्ष प्रदिप परियार, डेमोला फसिलिटेटर, डेमोला नेपाल संकायका उद्गम खड्का, रेडियो कान्तिपुरका उपसम्पादक दिवा भट्टराई र खोज पत्रकारिताकी केन्द्रकी अध्यक्ष नम्रता शर्माले सहकार्यबारे छलफल गरेका थिए ।

त्यस्तै अर्को प्लानल डिस्कसनमा विवेकशिल नेपाली दलकी रन्जु दर्शना, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सफल व्यापारी सौरभ ज्योतिले युवामा लगानी विषयमा छलफल गरेका थिए । जसको मोड्रेट निवर्तमान डिआरआर सौगात गौतमले गरेका थिए। सम्मेलनको दोस्रो दिन रोट्रयाक्ट क्लबअफदमौलीले मौलिककौराहा नृत्य समेत प्रस्तुत गरेको थियो ।

त्यस्तै विभिन्न सरोकारवालाहरूले युवामा कसरी लगानी गर्न प्रयास गर्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित रहेर विविध छलफल भएको थियो । सम्मेलनको दोस्रो दिन आगामी वर्षका लागि आगामी रोटा वर्ष २०र२१ का डिआरआर सन्जिवपौडेलले आफ्नो डिस्टिक्ट टिम र थिम (क्रियटिङ भ्यालु) समेत सार्वजनिक गरेका थिए ।

आगामी रोटर्याक्ट नेपालका प्रमूख पौडेल नेतृत्वको वर्ष २०–२१ को टिममा सर्जेन्ट एट आर्म्समा सुदिप प्रसाई ठकुरी, पब्लिक रिलेसन अफिसरमा सुशान्तअधिकारी, क्रियटिभ लिडमा प्रकृति ढकाल, टेक्निकलअफिसरमाअनिल पाण्डे, मिडिया अफिसर विशन क्षेत्री र शिखर लाल डोटेल, प्रोफेसनल डिभलपमेन्टमा प्रवेश गौतम रहेका छन् ।

यस्तै, इन्टरनेशनल सर्भिस वृधिका सेन्चुरी , कम्युनिटी सर्भिस रेशम खड्का , क्लब सर्भिस डिरेक्टर सुनिलफुयाँल रहेका छन् । ट्रेजरमा आशिष वाग्ले, असिस्टेन्ट ट्रेजरमा प्रकाश शर्मा, सृष्टि त्रिपाठी र आदर्श श्रेष्ठ, लिडरसिप ट्रेनरमा साविकराजन्यौपाने, असिस्टेन्ट लिडरसीप ट्रेनरमाऋषभराजजोशी , बुद्दि जोगी र दिनेश अग्रवाल, सेक्रेटरी सम्विद घिमिरे, असिस्सटेन्ट सेक्रेटरीमा सुनिल घिमिरे, निर्भीक केसी र लक्ष्मण खरेल रहेका छन् । साथै १३ ओटा जोनका जेडआरआर पनि रहनेछन् ।

यस्तै, एडिआरआरमा आशिवकर्माचार्य, सन्नीगोयल र सागर मल्ल ठकुरी रहेका छन् । डिआरआर इलेक्टको रुपमा सुमितबज्राचार्य रहेका छन्। २ दिनचलेको कन्फरेन्स ‘युवामा लगानी’विषयमा केन्द्रित थियो । त्यस्तै गरी डिष्टिक रोटर्याक्ट कमिटीमा सुन्दर अधिकारी, विरोध सुवेदि, अविनतुलाधर, दुर्गेश श्रेष्ठ र राहुल कैसधन रहेका छन् भने १३ जोन मध्ये जोन प्रमुख (जेडआरआर) का रूपमाक्रमशआकृति भण्डारी, निरज खनाल, सन्दिपपौडेल, विश्वदर्शन पराजुली, लोकराज पाण्डे, रितेश श्रेष्ठ, पुजामाली, डोल्मा शेर्पा, सदिक्क्षा कंडेल, मनिसाश्रेष्ठ, दिनेश गैह्रे, धनन्जयवर्नवाल, प्रकाशकर्नले रिप्रन्जेटेटिभ गर्ने कुरा आगामी वर्षका अध्यक्ष सन्जिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्