गुरुङमाथि छुरा प्रहार

lokpati banner
लाेकपाटी न्यूज

सुनसरी, १६ पुस। धरान उपमहानगरपालिका १६ डेरा गरी बस्ने पोखरा महानगरपालिका ६ घर भएका २८ वर्षीय विश्वास गुरुङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान डेरा गरी बस्ने २७ वर्षीय राजेश नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

नेपालीले धारिलो हतियार प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते गुरुङको घोपा अस्पताल धरानमा उपचार भइरहेको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्