नेपालमा विक्रम सम्वत् खारेज गरौं, ईश्वी सम्वत् लागू गरौं : डा. बाबुराम भट्टराई

Baburam_Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा ईस्वी संवतलाई नै आधिकारिक संवत् मान्नुपर्ने सुझाव दिएका छन्।

बुधबार बिहान ट्विट गर्दै भट्टराईले नेपालमा ईस्वी संवत् लागु नगरे समृद्धि र विदेशी लगानीका कुरा व्यर्थ हुने दाबी गरेका छन्। नेपालमै जन्मेको ‘नेपाल संवत्’ र भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम संवत्’ लाई नेपालमा सांस्कृतिक क्यालेण्डर मात्रै मान्नु पर्ने धारणा राखेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसो गरे कसो होला-नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिक/आर्थिक क्यालेण्डर बनाऊँ!नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ.सम्धीका गफ मात्रै होलान् है!’