काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ।सभामूख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न नेकपाले पुस १७ गते ४ बजे बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए। महासचिव पौडेलका अनुसार भोलिको बैठकमा विशेषगरी आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारबारे छलफल हुने छ।
‘राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट र सभामूखको उम्मेदवार छान्ने विषयमा छलफल हुन्छ’, महासचिव पौडेलको भनाइ छ। मङ्गलबार प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामूखको उम्मेदवार छनोट गर्न छलफल भएपनि सहमति जुट्न सेकन।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यहि पुस २० गते बिहान १० बजेदेखि ३ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरिसकेको छ। निर्वाचनका लागि आयोगले पुस १५ गते सातै प्रदेशमा निर्वाचन कार्यलय स्थापना गरेको जनाएको छ। माघ ९ गते राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुँदैछ ।



लाेकपाटी न्यूज

