उखु किसानलाई भुक्तानी नदिने सञ्चालकलाई खोज्न निर्देशन

Griha_Mantralaya_ministry
लाेकपाटी न्यूज

काठमाडौं। उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योग इन्दिरा सुगर एण्ड एग्रो र अन्नपूर्ण सुगर एण्ड जनरलका सञ्चालक राकेशकुमार अग्रवाललाई खोज्न गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अग्रवाललाई खोजिदिन भन्दै पत्राचार गरेपछि गृहमन्त्रालयले मातहतको प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।

भुक्तानी नपाएको भन्दै चिनी किसानहरु अहिले काठमाडौँमा आन्दोलनरत छन्। उखु किसानका मागप्रति सरकारलाई गम्भीर बन्न राष्ट्रिय मानव अधिकार आयोगले समेत ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्