विविधता नेपालको पूँजी होः मुख्यमन्त्री राई

लाेकपाटी न्यूज

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान् चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान् चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन्। आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुवै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन्।

मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरू आपसी मित्रता, सद्भाव र एकताको प्रतीकका रूपमा रहेका छन्। हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्त्वपूर्ण पूँजी हो।’

‘यी दुवै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको छ। यी चाडले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु,’ मुख्यमन्त्रीले जारी सन्देशमा भनिएको छ।

यी चाडले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको दिशामा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्