डिआइजी सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस

dig_asha
लाेकपाटी न्यूज

काठमाडौं, १४ पुस। प्रहरी प्रधान कार्यालयले डिआइजी आशा सिंहलाई एआइजीमा बढुवा सिफारिस गरेको छ।प्रहरी प्रधान कार्यालयको सोमबार बसेको बढुवा समितिले सिंहलाई एआइजीमा बढुवा गर्ने निर्णय गर्दै उक्त पदमा सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरिक्षक (डिआइजी) आशा सिंहलाई प्रहरी तिरिक्त महानिरिक्षक (एआइजी) पदमा बढुवा सिफारिस गरेको हो। सिंह नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत रहेकी छिन् । बढुवा समितिले उनलाई कार्यसम्पादन मूल्याँकन गर्दै १०० मा ७४.७२ अंक दिएको छ ।

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्