काठमाडौं। वीपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले नेपाली कांग्रेसभित्र बढ्दै गएको गुट उपगुटका कारण नेपाली कांग्रेस समाप्त हुने बताएका छन्। पार्टीका गुटप्रति उनले चिन्ता व्यक्त गर्दै कांग्रेसले इतिहासकाे विरासत भुलेकाे पनि बताए।
नेपाली कांग्रेसले वीपीको विचारलाई आत्मसाथ गर्न नसकेको उनले आरेप लगाए। राष्ट्रिय मेलमिलापको सन्दर्भमा सोमबार वीपी बिचार राष्ट्रिय समाजले काठमाडौंमा गरेको कार्यक्रममा उनले वीपीको विचार आत्मसाथ गर्न नसक्दा नेपाली कांग्रेस कमजोर भएको बताए।
उनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि दलहरुबीचको एकता हुन् नसक्दा मुलूक कमजोर भएको बताए। वीपी विचार राष्ट्रिय समाजका सह अध्यक्ष गोबिन्दराज जोशीले पार्टीभित्र विचार र सिद्धान्तको राजनीतिभन्दा पदको राजनीति हावी हुँदा कांग्रेस धाराशायी हुँदै गएको बताए।



लाेकपाटी न्यूज

