सुनसरी, १४ पुस। बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश जारी गरेको छ।
आज सकिएको थुकछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाइ धरौटीमा छाड्न आदेश दिएको हो। गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन्।
पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एक अस्पतालमा भर्ना भएका थिए। प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो।



लाेकपाटी न्यूज

