जनकपुरधाम, १३ पुस । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम बिस्फोटबाट ज्यान गुमाउनेको परिवारलाई प्रदेश २ सरकारले जनही तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मृतकको परिवारलाई ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो। यस्तै घाइतेको उपचारका लागि एक लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
गत मंसिर २७ गते राति स्थानीय राजेश साहको घरमा भएको बम बिस्फोटबाट ४५ बर्षीय राजेशसहित उनका १५ बर्षीय छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्जार्च प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो। उक्त बम बिस्फोटबाट राजेशका एक छोरा, एक छोरी र पितासहित एक जना प्रहरी जवान घाइते भएका थिए।



लाेकपाटी न्यूज

