पोखरा। पोखराका सडकमा साइलक लेनबारे अध्ययन गर्न महानगरले तीन सदस्यीय समिति गठन गरेको छ। साइकल सिटी पोखराका निर्वतमान अध्यक्ष प्रकाश बज्रचार्यको संयोजकत्वमा महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेल र नेपाल साइकल सोसाइटी अध्यक्ष रत्नराम श्रेष्ठ सदस्य रहेन गरी समिति गठन भएको हो।
नेपाल साइकल सोसाइटी, पोखरा साइकल सिटी र पोखरा महानगरबीच आइतबार भएको संयुक्त बैठकमा समिति गठन गर्ने सहमति भएको हो। बैठकमा महानगरका मेयर मानबहादुर जिसीले पोखराका सडकमा साइकल लेन बनाउन आफू पनि सकारात्मक रहेको र त्यसका लागि चाँडै योजना तयार पारिने बताए।
‘गठन भएको समितिले महानगरका सडकमा साइकल लेन बनाउनेबारे अध्ययन गरेर रिपोर्ट बुझाउने छ,’ मेयर जिसीले भने, ‘यसका लागि महानगर सकारात्मक छ र सहयोग गर्न पनि तयार छ।’ उनले साइकल लेन तयार भइसकेपछि साइकल व्यवस्थापन र सुरक्षाको पनि व्यवस्था गरिनुपर्ने सुझाव राखे।



लाेकपाटी न्यूज

