सेल्फीले भेटायो १७ वर्ष पहिले छुटिएका दिदीबहिनीलाई

लाेकपाटी न्यूज

एजेन्सी। दक्षिण अफ्रिकाको केपटाउनमा १७ वर्ष पहिले बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीलाई सेल्फीले भेटाइदिएको छ। जन्मिएको तीन दिनपछि कान्छीलाई एक नर्सले चोरेर लगेकी थिइन्।

संयोगले दुवै जना एउटै स्कुलमा भेटिए। केपटाउनकी बेटी मिसेले सन् १९९७ को अप्रिल ३० मा कान्छी छोरी जन्माएकी थिइन्। त्यति बेला उनकी जेठी छोरी तीन वर्षकी मात्र थिइन्।

२० वर्षकी मिसे ज्वानस्वाक हाइस्कुलको अन्तिम वर्षमा हुँदा त्यहाँ क्यसिडी वा उनकी बहिनी पनि भर्ना हुन्छिन्। उनीहरुका साथीहरुले तिमीहरु एस्तै देखिन्छौँ, केही नाता छ कि भनेर सोधिरहेका हुन्छन्।

साथीहरुले निकै सोधेपछि एक दिन मिसेले सेल्फी खिचेर आफ्ना आमाबाबुलाई देखाउँछिन्। त्यसपछि उनकी आमाले भन्छिन्– यो त हाम्रो हराएकी छोरी हुन्।

यो कुरा प्रहरीमा उजुरी गरिन्छ। उनीहरुको डिएनए परीक्षण हुन्छ। त्यसपछि ती दुई युवती दिदीबहिनी भएको पुष्टि हुन्छ। कान्छीलाई चोर्ने नर्सलाई चाहिँ त्यहाँको अदालतले १० वर्षको जेल सजाय सुनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्