नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द

muglin_narayangad
फाइल फोटो
लाेकपाटी न्यूज

चितवन, ११ पुस। राजधानी तथा पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मूख्य मार्ग नारायणगढ-मुग्लिन सडक दुई साता थप अवरुद्ध हुने भएको छ। पहिरो नियन्त्रणको समयावधि थप गरिएसँगै दुई साता थप सडक अवरुद्ध हुने भएको नारायणगढ–मुग्लिन सडक खण्ड आयोजनाले जनाएको छ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी पूर्णरुपमा बन्द हुने नारायणगढ-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको हो। दुई साता भित्रमा पहिरो नियन्त्रणको काम सक्ने गरी काम थालेको आयोजनाले काम नसकिएपछि समयावधि थप गरिएको हो।

आयोजनाले पहिरो नियन्त्रणको कामलाई तीव्रता दिन पुस २२ गतेसम्मका लागि राजमार्ग बन्द हुने जनाएको छ। गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ। आयोजनाका प्रवक्ता इञ्जिनियर शिव खनालका अनुसार समयमै काम सम्पन्न नभएकाले सडक बन्द गर्ने समावधि बढाएर पुस २२ गतेसम्म पुर्‍याइएको हो।

हेर्नुहोस् तालिका

111

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्