ट्राफिक जरिवाना बढाउने तयारी

Traffice_Police_Kathmandu
लाेकपाटी न्यूज

काठमाडौं। यातायात व्यवस्था विभागले ट्राफिक नियम उल्लंघन गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ। ट्याक्सीको लागि ‘हाउमच’ अभियानमा भने ट्राफिकलाई तीन हजार रुपैयाँसम्मको जरिवाना लिन अधिकार दिइएको छ।

संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा उक्त नियम उल्लेख गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

जरिवाना अन्त्यन्त कम भएकाले नियम उल्लंघन गर्नेको संख्या बढेको भन्दै शुल्क बढाउन लागिएको जानकारी दिएको उनले बताए। यसभन्दा पहिले ट्राफिक नियम विपरीत कार्य गरेकालाई न्युनतम पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्दै आएको थियो।

यस विषयमा पुस १३ र १४ गते काठमाडौंमा छलफल गरिने भएको छ। प्रस्तावित ऐन संसद्ले अनुमोदन गरेपछि मात्र लागुहुनेछ। नियम कार्यान्वयनमा आएको खण्डमा लेनक्रस, ओभर स्पीड, दायाँबायाँ गरी चलाउनेलगायतका सामान्य कसुरमा पनि पाँच हजार जरिवाना लाग्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्