बनेपा, १० पुस । धुलिखेलमा बिहीबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका ११ पात्लेखेतस्थित वीपी राजमार्गमा जीप दुर्घटना भएको हो।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका ८ की २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक किनारामा भएको बारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी बोगटीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका बोगटीको अन्दाजी चार वर्षीय छोरा बल्लभको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बल्लभको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस



लाेकपाटी न्यूज
