पत्रकारसँग घुस माग्ने लेखा अधिकृत र लेखापाल पक्राउ

Akhatiyar office pic
लाेकपाटी न्यूज

काठमाडौं, १० पुस। पत्रकारसँग घुस माग्ने लेखा अधिकृत र लेखापाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पत्रिकामा विज्ञापन प्रकाशित गरेवापतको भुक्तिानी दिएवापत लिएको ३० हजार रुपैयाँ घुससहित ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरलाका अनुसार लेखापाल घिमिरे र लेखापाल केसीले नगरपालिकामार्फत् प्रकाशित/प्रसारित सूचना तथा विज्ञापनको भुक्तानी दिन लाग्दा घुस मागेका थिए।

पूर्वसूचनाका आधारमा बुधबार नगरपालिकाको कार्यालय पुगेको अख्तियारको टोलीले लेखा अधिकृत घिमिरे र लेखापाल केसीलाई घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्