काठमाडौं, ८ पुस । उपेन्द्र यादवले आज उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले आज एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन्। मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए।
संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको सो पार्टीले त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिनुपरेको बताउँदै आएको छ। मन्त्री यादवले राजीनामा दिनुअघि सो पार्टीले आ संसदीय दलको बैठक बोलाइएको थियो।
स्वास्थ्यमन्त्रीबाट कानून मन्त्रीमा सरुवा भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए। उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको थियो।




लाेकपाटी न्यूज

