बस नदीमा खस्दा २५ को मृत्यु

accident
लाेकपाटी न्यूज

काठमाडौं। बस दुर्घटनामा परी २५ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन्। इन्डोनेसियामा गुडिरहेको यात्रुबाहक बस नदीमा खसेर दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको हो।

उद्धारकर्ताहरुले मंगलबार जानकारी दिए अनुसार बसमा दर्जनौँ यात्रु सवार रहेका थिए। दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो। देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ।

उद्धारकर्ताहरुले घटनास्थलबाट घाइते तथा मृतकहरुलाई पानीभन्दा बाहिर निकालेको तस्वीरहरु सार्वजनिक भएका छन्। प्रहरी तथा उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य अझै जारी राखेका छन् भने केही व्यक्ति हराइरहेको बताइएको छ। त्यसैगरी केही व्यक्तिहरु बसमै च्यापिएको उद्धारकर्ताहरुको भनाइ छ ।

घटनास्थलबाट जिवितै उद्धार गरिएका घाइतेहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले जनाएका छन्। एएफपी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्