एजेन्सी। भारत र इरानका विदेशमन्त्रीबीच द्धिपक्षीय वार्ता भएको छ।आइतबार इरानको राजधानी तेहरानमा सो वार्ता भएको अधिकारीहरुले जनाएका छन्।
भारतीय विदेशमन्त्री शुब्रमन्यम जयशंकर हाल इरानको भ्रमणमा रहेका छन्। उनले आइतबार अपराह्न राजधानी तेहरानमा विदेशमन्त्री मोहमद जावेद जारिफबीच सो भेटवार्ता भएको बताएको छ। आइतबार उनीहरुबीचको भेटवार्ता खासगरी दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढिकरणका क्षेत्रमा भेटवार्ता भएको विदेशमन्त्री जारिफले बताएका छन्।
इरानी विदेशमन्त्री जारिफले आफ्नो ट्वीटर अकाउन्टमा जनाएअनुसार सो भेटवार्ताका क्रममा इरान र भारतबीचको आर्थिक सम्बन्धमा सृदृढिकरणका साथै आगामी दिनमा आर्थिक क्षेत्रका सम्भावनाहरु खोज्ने विषयमा छलफल भएको थियो। संयुक्तराज्य अमेरिकाले इरानको दक्षिणी भूभागमा रहेको चाबहार बन्दरगाहलाई खुला गरिदिएको घोषणा गरेको एक दिनपछि भारतीय विदेशमन्त्री जयशंकरको इरान भ्रमण भएको छ।
उक्त बन्दरगाह अफगानिस्तानमा द्धन्द्धको मारमा परेका मानिसका लागि मानवीय सहायता आपूर्ति गर्ने एक महत्वपूर्ण मार्गका रुपमा लिइन्छ। उक्त बन्दरगाहाको भारत, इरान र अफगानिस्तानले संयुक्त रुपमा विकास गरेका यसअघिका समाचारहरुमा जनाइएको छ।
यसैबीच हालैमात्र इरानी राष्ट्रपति रउहानीले जापानको भ्रमण गरेको दुई दिनपछि भारतीय विदेशमन्त्रीको इरान भ्रमण भएको अर्को एक समाचारमा जनाइएको छ।



लाेकपाटी न्यूज

