ओखलढुंगा, ७ पुस। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मृत्यु संस्कार रुपान्तरण आवश्यक भएको बताएका छन्। ओखलढुंगामा आयोजित एक श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै उनले मृत्यु संस्कारमा परिवर्तन आवश्यक रहेको बताएका हुन्।
हाम्रा संस्कृतिले हाम्रो जीवनलाई सहज बनाउनु पर्नेमा जटिल बनाएकाले रुपान्तरण गर्न आवश्यक रहेको मन्त्री पोखरेलको भनाइ छ।
मन्त्री पोखरेलले पीडामा परेका मान्छेलाई थप पीडा हुने किसिमका मृत्यु संस्कार रुपान्तरण गर्न आवश्यक रहेकोमा जोड दिए। उनले भने, ‘संस्कृति हाम्रो जीवन हो भने, जीवनलाई सरल बनाउन वैज्ञानिक तरिकाले अपनाउन सक्नुपर्छ।’



लाेकपाटी न्यूज
