विप्लवको गोप्य अखडामा प्रहरीको छापा, पाँच जना पक्राउ

biplob
लाेकपाटी न्यूज

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का केही नेताहरु बम बनाउँदा बनाउँदै हतियारसहित पक्राउ परेका छन्।

काठमाडौंको बुढानिलकण्ठस्थित विप्लव समूहको एउटा गोप्य कार्यालय (अखडा)मा छापा मारेर प्रहरीले ५ जना नेता/कार्यकर्ताहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीको विशेष व्यूरोबाट खटिएको टोलीले विस्फोटक पदार्थ (बम) बनाउँदा बनाउँदै ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विप्लव समूहको विद्यार्थी संगठनका केन्द्रीय सचिव सञ्जिव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकिल घर्तीमगर, त्रिलोचन विक र दूर्गाबहादुर तामाङ छन्।

प्रहरीले पक्राउ परेकाहरुबाट केही थान बनाउँदै गरेको अवस्थाका विस्फोटक पदार्थ (बम) र बम बनाउन प्रयोग हुने उपकरण तथा कच्चा पदार्थ र एउटा पेस्तोल समेत बरामद भएको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्