साझा युवाकाे सडक सचेतना कार्यक्रम

sajha chitwan
लाेकपाटी न्यूज

चितवन, ५ पुस। साझा युवा संगठन चितवनले शनिबार सडक दुर्घटना न्युनीकरण तथा सचेतना मुलक कार्यक्रम गरेको छ।  प्रदिप उप्रेतीको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम गरिएको हो।

‘नगरौं है तडक भडक ! साघुरो छ हाम्रो सडक !!’’ ‘कहाँ जान्छ सडक कर ! बाटो हिँड्दा सधै डर !!’’ जस्ता विभिन्न सचेतनामुलक नाराको प्रदर्शनीसहित ट्राफिक नियमहरुको पालनाको लागि आव्ह्वान गरिएको थियो।

कार्यक्रममा सडक दुर्घटना पश्चात हुने विभत्स घटनालाइ सांकेतिक रुपमा प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा सन्देश न्यौपाने र मणि रत्न पौडेलले कलाकारको भूमिकामा अभिनय गरेका थिए।

सचेतनामुलक कार्यक्रममा साझा युवा संगठनको केन्द्रीय सदस्य प्रशान्त बिक्रम सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र कुमार गिरि, साझा पार्टी नवलपुर जिल्ला संयोजक हरि प्रसाद गौतमसहित साझा पार्टी चितवनक, नवलपुर जिल्लाका अभियानकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्