यातायात कार्यालयबाट ६ पक्राउ

yatayat
लाेकपाटी न्यूज

ललितपुर, ५ पुस। यातायात कार्यालयमा ६ जना पक्राउ परेका छन्। बिचौलियाको काम गरेको अभियोगमा ६ जना पक्राउ परेका हुन्। उनीहरुलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो।

ललितपुर महागनरपालिका १३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राईसहित ६ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिचौलियाको काम गरिरहेको अवस्थामा महानगरीय वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्