पौष ९ गते देखि भृकुटीमण्डपमा काठमाडौं ट्रेड सो

लाेकपाटी न्यूज

काठमाडौं। डेली रोलिङ मिडिया एण्ड इभेन्ट्सले काठमाडौंको भृकुटीमण्डप प्रर्दशनी हलमा ‘द काठमाडौं ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ। पौष ९ गते देखि १३ गतेसम्म उक्त मेलको आयोजना गरिने भएको हो।

मेलमा भारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाल लगायत देशहरुको करिब १५० स्टल रहने छन्। यस मेलामा नयाँ नौला बलिया र टिकाउ सामानको प्रर्दशनी तथा बिक्री वितरण हुनेछ।

नेपालमा निर्मित तथा अयातित बस्तुहरुको वृहत प्रदर्शनी गर्नु र प्रदर्शकको वित्तिय लेनदेनलाई अझ फाईदाजनक बनाउनु यस मेलाको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ। लत्ताकपडा, खाद्यान्न, घरायसी सरसमान, देखि ठूलाठूला औजार, सवारी साधान र घर निर्माण सम्मका स्टलहरु यस मेलामा रहने छन्।

सन् २०२० को भिजिट नेपाल २०२० लाई लक्ष्य गरी सो सम्बन्धित कार्यक्रम पनि यस मेलामा हुनेछन्। क्रिसमसको बेला परेकाले र दर्शकहरुको संख्थामा उल्लेखनिय वृद्धी गर्ने उद्दश्यले मेललाई रङ्गीचङ्गी झिलिमिलि सझाउनका साथै मेलालाई बेलुकाको ८ बजे सम्म खुल्ला राख्ने गरी यस मेलाको डिजाइन गरिएको छ भने पहिलो दिन सांगीतिक कार्यक्रमको समेत आयोजना गरीने छ।

मेला पूर्ण रुपमा व्यावसायिक र मनोरञ्जनात्मक हुने आयोजक मध्यका एक धिरज ढकालले जानकारी दिए। पर्यटन प्रवद्र्धनका लागि केही स्टलहरु सहुलियत मूल्यमा बिक्रि गरी नेपालको भेषभुषा, मौलिक खाद्यान, संस्कृती र मौलिक सर सामानको प्रदर्शनी पनि यस मेलामा समावेश उनले बताए।

नेपालको कला संंस्कृति भेषभुषा रहन सहन अनुसारको व्यापार व्यावसाय गरे अझ फाईदा हुने हुनाले यस मेलालाई ‘ट्रेड इन्फ्ल्युन्स वाइ कल्चर’को ढा“चामा आयोजना गर्न लागीएको अर्का आयोजक रोसन अधिकारीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्