जलाउँदै गरेको शव प्रहरीको नियन्त्रणमा

Police_Office_Bara
लाेकपाटी न्यूज

बारा। बारामा एक महिलाको हत्यापछि जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पचरौता नगरपालिका–१, पिपरपातीकी अन्दाजी ३८ वर्षीया माल्ती देवीको शव जलाउँदै गरेको अवस्थामा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।

‘माल्ती देवीको हत्या भएको हुन सक्ने केही प्रमाण हामीले फेला पारेपछि जलाउँदै गरेको अवस्थामै शव नियन्त्रणमा लिएका हौं,’ बाराका प्रहरी उपरीक्षक विकासराज खनालले भने।

घरबाट झण्डै आधा किलोमिटरको दूरीमा रहेको नेपाल–भारत सीमानजिकै माल्तीदेवीको शव जलाइँदै थियो। उनका अनुसार घर झगडाका क्रममा श्रीमान् रामदयाल महतोले नै माल्ती देवीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आरोपी महतो भने फरार रहेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको एसपी खनालले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्