राजेन्द्र बिक\ बाजुरा, ५ पुस। बाजुरामा अघिल्लो बिहीबार परेको अविरल वर्षा र हिमपातका कारण जिल्लाका हिमाली भेगका विद्यालयमा पठनपाठन गर्न निकै समस्या भएको छ। बडिमालिका नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती निम्न माध्यामीक विद्यालयमा पनि यहि समस्या रहेको छ।
शिक्षक बलबहादुर रोकायाकाले हिउँ माथि बेञ्च राखेर घाम ताप्दै पठन पाठन गराउन बाध्य भएको बताए। हिउँद सुरु भएसँगै आकाशमा बादल लाग्ने बित्तीकै हिउँ पर्न सुरु हुने यस ठाउँमा हिउँदमा धेरै दिन विद्यालयको पढाई प्रभावित हुने गरेको शिक्षक रोकायाले बताए।
हिमाली गाउँपालिका गौमुल गाउँपालिका बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाका अधिकासं क्षेत्रमा धेरै हिमपात हुँदा स्कूले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको जिल्ला शिक्षा समन्वय कार्यालय बाजुराले जनाएको छ।



लाेकपाटी न्यूज

