काठमाडौं, ५ पुस। फेसबुक कर्मचारीहरूको गोप्य राखिनु पर्ने तलब विवरण नै चोरी भएको छ। करिव २९ हजार जना फेसबुक कर्मचारीहरूको गोप्य राखिनु पर्ने तलब विवरण नै चोरी भएको हो।
पार्किंग क्षेत्रमा राखिएको एक फेसबुक कर्मचारीको गाडीमा भएको २९ हजार जना फेसबुक कर्मचारीको तलब विवरणसहितको हार्ड डिस्क चोरी भएको हो। उक्त चोरीको घटना गत महिना अर्थात् नोभेम्बरको १७ तारिखमा भएको थियो।
चोरी भएको तीन दिनपछि मात्र फेसबुकले हार्डडिस्क हराएको कुराको जानकारी पाएको थियो । नोभेम्बर २९ मा आएर मात्र फेसबुकले यो हार्ड डिस्कमा कर्मचारीहरूको तलब विवरण रहेको निष्कर्ष निकालेको थियो।
चोरी भएको हार्ड डिस्कमा रहेका विवरणहरूमा कुनै पनि प्रकारको सुरक्षा विधि अपनाइएको थिएन । यसर्थ, सो हार्ड डिस्कका फाइलहरू लिई इन्क्रिप्ट गरिएको थिएन । जसले गर्दा चोरी गर्ने व्यक्ति वा समूहलेले २९ हजार फेसबुक कर्मचारीको तलब विवरण हेर्न र पढ्न पाएका छन्।
हार्ड डिस्कमा फेसबुक कर्मचारीको नाम, बैंक सम्बन्धित जानकारी, तलबको जानकारी, बोनसको विवरण जस्ता गोप्य जानकारीहरू थिए। चोरी भएको हार्ड डिस्क हालसम्म नभेटिए पनि अहिलेसम्म त्यहाँ भएका जानकारीहरू दुरुपयोगको कुनै पनि जानकारी आएको छैन । तर यो डेटाहरू जुन सुकै समयमा पनि अनलाइन लिक हुन् सक्ने सम्भावना छ ।
फेसबुकका अनुसार कर्मचारीले कर्मचारी विवरण भएको हार्ड डिस्क आफूसँग लैजान नमिल्ने थियो । कम्पनीको नियम तोडे पछि फेसबुकले सम्बन्धित कर्मचारीलाई आवश्यक पर्ने कारबाही गरिसकेको छ।



लाेकपाटी न्यूज

