‘प्रकाश दाहाल फाउण्डेशनले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिनेछ’

photo 6
लाेकपाटी न्यूज

काठमाडौं। खानेपानी मन्त्री बिना मगरले खेलाडीहरुको वृद्धि र विकासका लागि लागनी बढाउनु पर्ने बताएकी छन्। खेलको माध्यमबाट राष्ट्रको नाम विश्व भरी पुर्‍याउन खेल क्षेत्रको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै मन्त्री मगरले खेल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताइन्।

प्रकाश दाहाल स्मृति तेक्वन्दोको उद्घाटनमा कर्यक्रममा उनले भनिन्, ‘खेलले राष्ट्रलाई अन्तराष्ट्रि जगतमा चिनाउने गर्दछ, खेलाडीहरु राष्ट्रको सम्पति, गहना र पहिचान हन्। त्यसकारण खेलहरुको वृद्धि र उपयूक्त खेल वातावरण गर्न खेल क्षेत्रमा लगानिको आवश्यक छ।’

उनले दक्षिण यसियाली खेलकुद (साग) मा स्वर्ण जित्नेमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गर्दै आयोजनक नेपालले सागको भव्य र सभ्य तरिकाबाट सम्पन्न गरेको समेत चर्चा गरिन्। स्मृति तेक्वन्दोको उद्घाटनमा कर्यक्रममा उनले विभिन्न समयमा आयोजना हुने यस्ता खेलहरुले खेलाडीहरुको क्षमता अभिवृद्धि गर्न सहयोग गरिरहेको बताइन्।

खेलले घर, समाज र राष्ट्रलाई अनुशासन, सदाचार र उच्च आत्मबल प्रदान गर्ने मन्त्रि मगरको भनाइ थियो। खेलमा आआफ्नै नियम र मर्यादा हुने भन्दै उनले त्यसलाई सधैँ आत्मासाथ गरेर अगाडि बढ्न सम्पूर्ण सहभागी खेलाडीहरुलाई आग्रह गरिन्। खेलले राष्ट्रको गरिमा र गौरव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले इमानदार भएर खेलक्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्न उनले आग्रह गरिन्।

उनले भनिन्, ‘हरेक खेलाडीहरुको आफ्नो पहिचान हुन्छ। अनुशासन खेलाडीको पहिचान हो। कडा परिश्रमका साथ लक्ष्यप्रति अगाडि बढ्नुहोस्। समृद्ध नेपालको निर्माणमा सहयोगीको भूमिका निर्वाह गर्नुहोस्।’

सो अवसरमा बोल्दै प्रकाश दाहाल फाउण्डेशनकी अध्ध्यक्षसमेत रहेकी मन्त्री मगरले फाउण्डेशनले खेल क्षेत्रलाई उच्च महत्व दिएर काम गर्ने योजना बनाएको बताइन्। उनले भनिन्, ‘खेल क्षेत्रमा नयाँ प्रतिभाहरुको खोजी गर्न, भएका प्रतिभाहरुको वृत्ति विकास गर्न र खेल क्षेत्रमा खेलाडीले भविष्य देख्ने परिस्थिति निर्माण गर्न फाउण्डेशनले काम गर्नेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्