विज्ञापन संघको प्रदेश संयोजकमा शोभा गौतम

लाेकपाटी न्यूज

पोखरा। नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छन्। विहीबार पोखरामा एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई प्रदेश संयोजकको रूपमा घोषणा गरेका हुन्।

कार्यक्रममा विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ति आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष रविन्द्र कुमार रिजालले बताए। आगामी दिनमा प्रदेश सरकारहरूसँग समन्वय गरेर विज्ञापन क्षेत्रलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उल्लेख गरे।

नव नियुक्त प्रदेश संयोजक गौतम पोखरा स्थिति सफल एड्भटाइजिङ्गकी प्रवन्ध निर्देशक हुन्। उनी विगत ५ बर्षदेखि विज्ञापन, संचार र इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा कार्यरत छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्