यी हुन् मन्त्रिपरिषद बैठकका २१ निर्णय

pm office
लाेकपाटी न्यूज

काठमाडौं, ३ पुस । मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका ३ उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमूख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा.अमित जोशीको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ। त्यस्तै बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका २ जना अधिकृतलाई सरुवा गर्ने निर्णय पनि गरेको छ। सुदुर पश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद बिडारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बालकृष्ण घिमिरेलाई सुदुरपश्चिम प्रदेशमा सरुवा गरिएको छ ।

बैठकले सरकारी सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को छानविन समितिको म्याद २०७६ मंसिर२८ देखि पुस २८ सम्मका लागि एक महिना थप गर्ने निर्णय समेत गरेको छ।

1

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्