काठमाडौं, ३ पुस। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ। सभापति देउवा प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि बिहीबार बालुवाटार पुगेका थिए।सभापति देउवासँगै नेपाली कांग्रेसका नेता रमेश लेखक बालुवाटार पुगेका थिए। छलफल एक घण्टा चलेको थियो।
भेटवार्तामा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे देउवाले चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा उल्लेख सुधार आइरहेको जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता लेखकले जानकारी दिए।भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग, संवैधानिक परिषद्, संसद अधिवेशन लगायतका विषयमा कुराकानी भएको नेता लेखकले जानकारी दिए।
सरकारले संवैधानिक परिषद्को संख्या घटाउने गरि अध्यादेश ल्याउन खोजेको भन्दै देउवाले आपत्ति जनाएका थिए।छलफलमा प्रधानमन्त्री ओलीका साथै नेकपाका अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ सहभागी थिए।



लाेकपाटी न्यूज

