काठमाडौं, २ पौष । प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा उनको सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनायो।
यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ।एसएसपीबाट डीआईडीमा बढुवा भएका पोखरेल डीआईडी हुनुअघि र पछि प्रहरी प्रवक्ताको भूमिकामा थिए।
प्रवक्ता हुनुअघि उनी काठमाडौं प्रहरी प्रमूखको भूमिकामा रहेका थिए। यस्तै डीआईजी थापा पोखरेल अघि प्रहरी प्रवक्ता रहेका थिए।



लाेकपाटी न्यूज
