काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अमेरिकाको इण्डोप्यासिफिक रणनीति र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस चलिरहेको छ।
नेकपाको जारी स्थायी कमिटी सदस्यहरुले लगातार एमसीसी इण्डोप्यासिफिक रणनीतिकै अंग भएको दाबी गर्दै संसदबाट अनुमोदन गर्नु नहुने मत राख्दै आएका छन्। बुधबार पनि नेता रघुजी पन्तले यसबारे प्रश्न उठाए।
तर अर्का स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने एमसीसीको बचाउ गरेका छन्। स्रोतकाअनुसार उनले यो इण्डो प्यासिफिक रणनीति (आईपीएस) को अंग नभएको दाबी गरेका छन्।
‘एमसीसी आईपीएसको अंग होइन, यसलाई अगाडि बढाउनुपर्छ भन्ने उहाँको जोड थियो’, एक स्थायी कमिटी सदस्यले भनेका छन्। उनले बेलायती गोर्खा सैनिकमा नेपाली महिलाहरुलाई भर्ना गर्न सरकारले अनुमित नदिएको पनि स्पष्ट पारे।



लाेकपाटी न्यूज

