काठमाडौं, ३० मंसिर। जाडोको समयमा कोठा न्यानो बनाउनका लागि मकलमा आगो (कोइला) बालेर सुतेका आमाछोरीको मृत्यु भएको छ। काठमाडौंको कीर्तिपुर नगरपालिका ८ सुन्दरबस्तीकी ३६ वर्षीया शर्मिला रञ्जितकार र उनकी २ महिने छोरीको मत्यु भएको महानगरीय प्रहरी बृत्त कीर्तिपुरले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति शर्मिला, उनकी छोरी र श्रीमान् नवराज मकलमा कोइला बालेर सुतेका थिए। बिहान छोरीलाई तेल लगाउनका लागि भन्दै श्रीमती शर्मिलालाई उठाउन खोज्दा नउठेपछि नवराजले प्रहरीलाई खबर गरेका थिए।
प्रारम्भिक अनुसन्धानबाट उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले बताए ।



लाेकपाटी न्यूज
